महिनावारीमा रगतश्राव बढी हुन्छ

म ३० वर्षीया गृहिणी हुँ । मेरा दुई सन्तान छन् र मैले स्थायी बन्ध्याकरण पनि गराइसकेकी छु । मेरो महिनावारी नियमित छ तर विगत ५ महिनादेखि महिनावारीमा रगतश्राव बढी हुन्छ जस्तो लाग्छ । महिनावारीका क्रममा दैनिक ५–६ वटा प्याड फेर्नुपर्छ । रगत पनि ६–७ दिन जान्छ । मैले के गर्ने होला ?

ग.

महिना दिनको अन्तरमा हुने रगतश्राव नै महिनावारी हो र सामान्यत: यो २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत खेर जान सक्छ अर्थात् ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ, तर उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । यो अवस्थामा शरीरको रगत धेरै खेर जाने भएकाले उपचार आवश्यक हुन्छ, तर मेनोरेजियाका कारण धेरै भएकाले यो रोग पत्ता लगाउन केही परीक्षण गर्नुपर्ने हुन सक्छ, । धेरैजसो अवस्थामा औषधिको सेवनले नै यसलाई ठीक गर्न सकिन्छ । कुनै–कुनै अवस्था तथा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कसै–कसैलाई परिवार नियोजनका अस्थायी साधन खाने चक्कीले पनि फाइदा गर्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects