अनु फेसनमा अपडेट छैनन्

सम्पदा बानियाँ र अनु शाहबीच मित्रता भएको चार वर्ष भयो । विन्ध्यवासिनी म्युजिक कम्पनीले निर्माण गरेको म्युजिक भिडियोको छायांकनका क्रममा स्याङ्जा जाँदा भएको चिनाजानी फेरि त्यही कम्पनीका थप म्युजिक भिडियोहरूको छायांकनका लागि तीनपटक स्याङ्जा पुग्दा उनीहरूको मित्रता गाढा भयो । अहिलेका मिल्ने सखी सम्पदा र अनु, अति व्यस्त हुँदासमेत बढीमा दुई दिनमा एकपटक चाहिँ अवश्य भेटेकै हुन्छन् । सल्लाह लिने–दिनेदेखि रमाइला कुराहरूमा साथ दिने यी सखीहरूमध्ये सम्पदाले अनुको कुरा यसरी काटिन् :

असल बाइट्स

कुभलो नचिताउने : अनु कसैको कुभलो सपनामा पनि चिताउँदिनन् ।

अरूको खुसीमा रमाउने : चिनेजानेको कसैको पनि खुसी, उनलाई आफ्नै खुसी जस्तो लाग्छ ।

काममा इमान्दारिता : काम भनेपछि हुरुक्कै हुने उनको लगनशीलता र इमान्दारिताबाट म निकै प्रभावित छु ।

नराम्रो सुन्न सक्ने : कसैले अनुका बारेमा नराम्रो भने पनि उनी सुनिरहन्छिन्, तर उक्त व्यक्तिलाई नराम्रो भन्दिनन् । निकै सकारात्मक छिन् ।

असल अभिनेत्री : उनको नृत्य र अभिनय कलाको म पनि प्रशंसक हुँ । अनु एक असल अभिनेत्री हुन् ।

खराब बाइट्स

फोन नउठाउँदा रिसाउने : केही कारणवश उनको कल उठाउन पाइन र कलब्याक पनि गरिन भने ठुस्स पर्छिन् । मसँग मात्र हो कि अरूसँग पनि हो, थाहा भएन ।

पहिले विश्वास, पछि पश्चाताप : जसले जे भने पनि पत्याउँछिन् र पछि धोका पाएपछि रुन्छिन् ।

स–साना कुरामा रुने : उनको मन निकै कमलो छ, स–साना कुरामा पनि रोइहाल्छिन् । अहिलेको समाजमा टिक्न मन दह्रो बनाउन सक्नुपर्छ ।

चर्चाबाट टाढा : उनको मिडियासँगको चिनाजानी निकै कम छ कि कुन्नी ? चर्चा पाउनु पर्ने कामलाई पनि चर्चामा ल्याउने प्रयास गर्दिनन् ।

फेसनमा अपडेट छैन : नायिका तथा मोडल भएपछि बजारमा चलेको फेसन फलो गर्न सक्नुपर्छ, तर उनी त्यसमा त्यति अपडेट छैनन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects