देवाधिदेव महादेवप्रतिको आस्था र पशुपतिनाथप्रतिको विश्वासले गर्दा ।
पवित्रा आचार्य, नायिका
पशुपतिनाथसँग अलौकिक शक्ति भएकाले । सबैले आफ्नो मात्र कल्याण गर्ने र पशुपतिनाथले चाहिँ सबैको कल्याण गर्ने भएकाले पनि होला । पशुपतिनाथले सुन्दर जीवन साथी मिलाई दिने जनविश्वास भएकाले पनि त्यसो भनिएको हो कि ?
कोमल ओली, गायिका
देवताको पनि देवता भएकाले उनले भगवानहरूको त रक्षा गर्छन् नै हाम्रो पनि गर्नेछन् भन्ने विश्वासले ।
सोभित बस्नेत, निर्देशक
हालै पनि भूकम्पले धेरै मन्दिर–देवालय भत्किए, तर पशुपतिनाथको मन्दिरलाई भूकम्पले पनि केही गर्न सकेन । यस्ता पशुपतिनाथले सबैको रक्षा गर्नेछन् भन्ने विश्वासले गर्दा त्यसो भनिएको होला–कुरो ।
नम्रता श्रेष्ठ, नायिका
पशुपतिनाथ पहिले हाम्रो राष्ट्रिय भगवान मानिन्थे । धर्मनिरपेक्ष भैसक्दा पनि देशमा अधिकांश हिन्दू धर्मावलम्बीहरूकै बाहुल्यता भएकाले देवाधिदेव महादेवले सम्पूर्ण मानवजातिको कल्याण गरून् भनेर त्यसो भनिएको हो ।
सपन श्रेष्ठ, गायक
पशुपतिनाथ हाम्रा अभिभावक हुनुहुन्छ भने हामी उहाँका सन्तान ।सन्तानले दु:ख पर्दा आमा–बाबुलाई सम्झिए जसरी हामी सबै अप्ठ्यारोमा पर्दा पशुपतिनाथलाई सम्झन्छौं । त्यसैले पशुपतिनाथले हामी सबैको कल्याण गरून् भनिएको हो ।
एनी कुँवर, नायिका
हामीले पशुपतिनाथको कल्याण गर्न सक्दैनौं, त्यसैले हो कि ?
प्रविण श्रेष्ठ, निर्देशक
भांग–धतुरो खाएको सुरमा शिवजीले सबैको इच्छा पूरा गरिदिनुहुन्छ भनेर होला नि ।
कला सुब्बा, आरजे
संसारको संरचनाकर्ता पनि भएकाले, अनि साह्रै आँटिला भगवान भएकाले समस्याबाट जोगाउँछन् भनेर ।
जान्वी बोहरा, नायिका
आस्था सबैभन्दा ठूलो शक्ति हो । महादेव हाम्रो आस्था र विश्वासको केन्द्र हुनुहुन्छ । जब–जब मानिसले आफूलाई कमजोर महसुस गर्छ, त्यति–त्यति बेला भगवानको शरणमा जान्छ । हिन्दूहरूमा यो संस्कार परापूर्व कालदेखि निरन्तर छ ।
राम सिटौला, संगीतकार
देवाधिदेव महादेव तपस्यामा व्यस्त भैरहने कारणले गर्दा आफ्ना भक्तजनलाई एकमुष्ट वरदार दिन म शब्दको साटो हामी शब्द प्रयोग गर्ने आज्ञा भएको हुनुपर्छ ।
राजनराज शिवाकोटी, संगीतकार
उदाहरण हामी वैशाख १२ गतेलाई लिन सक्छौं । त्यो दिन शनिबार दिउँसो, परिवारसहित घरमा बसेको बेला, विद्यालय, कार्यालय बन्द भएको बेला भूकम्प गयो । राति सुतेको बेला परेको भए अत्ताल्लिएर पनि धेरै हताहत हुन्थे होला । देशमा यसरी ठूलो बिपत्ति परेका बेला पशुपतिनाथले नै रक्षा गरेका छन् । पशुपतिनाथ भएको देशमा भएका कारण हामी धेरै पटक ठूला क्षतिबाट जोगिएका छौं । त्यसैले पशुपतिनाथले हामी सबैको कल्याण गरुन भनिएको हो ।
अनुशा पौडेल, टेलिभिजनकर्मी
देवहरूका देव महादेव भगवान पशुपतिनाथको बासस्थान रहेको ठाउँ भएकाले र सबैको पशुपतिनाथप्रति अगाध आस्था रहेका कारण त्यसो भनिएको हो ।
शशान कँडेल, गायक
भर्खरै सम्पन्न स्वस्थानी व्रतका क्रममा स्वस्थानी महिमा सुनाउँदा–सुनाउँदा सबैको तनमन महादेवमै हुन्छ । महाशिवरात्रि स्वस्थानी व्रत समापनको केही दिनपछि नै आउने भएकाले हुनसक्छ र अर्को कारण चाहिँ विष्णुले महादेवको रुप छल गरे जस्तो गरी आफ्नी श्रीमती र प्रेमीकाको सती नडगाओस् भनेर पनि त्यसो भनिएको पो हो कि– जय शम्भो ।
सन्तोष भट्टराई, रेडियोकर्मी
हामी नेपालीहरू निकै सहयोगी छौं । आफ्नो मात्र कल्याण होस् भनेर वर मागियो भने अर्कोलाई आफ्नो भाग पनि दिनुपर्यो । सबैको कल्याण होस् भनेपछि सबैले पाए, आफ्नो भाग पनि जोगियो ।
अराज केशव, निर्देशक
शिवरात्रिमा धेरै जना गाँजा खाएर झ्याप हुन्छन् । उनीहरूको कल्याण होस् भनेर त्यसो भनिएको हो कि ?
कोशिश क्षेत्री, गायक
काठमाडौंमा राजधानी भएकाले त्यसो भनिएको होला । गोरखामा राजधानी भएको भए मनकामना माई अथवा गोरखनाथले कल्याण गरून् भनिन्थ्यो होला । धरानमा राजधानी भएको भए बूढासुब्बाले सबैको कल्याण गरून् भनिथ्यो होला । पोखरामा राजधानी भएको भए सबैले विन्ध्यबासिनी माताले कल्याण गरून् भन्थे होलान् ।



0 comments:
Post a Comment