एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रोमियो’को मुख्य कलाकार फाइनल भएका छन् । निर्माता तथा नायक हसनराजा खानका अनुसार चलचित्रका लागि २ लिडिङ लेडी फाइनल गरिएको हो ।
हसनका अनुसार चलचित्रका लागि मुख्य कलाकारमा श्रद्धा प्रसाई र ओसिमा बनु देखिनेछन् । चलचित्रको शिर्ष भूमिकामा भने हसन आफै पर्दामा देखिनेछन् । चलचित्र ‘अलबिदा’मा समेत मुख्य नायकको रुपमा देखिएका हसनको यो चलचित्रलाई सुमन घिमिरेले निर्देशन गर्दैछन् ।
श्रद्धा र अाेसिमा दुबै मुख्य नायिकाको रुपमा देखिनेछिन् । चलचित्रको कथा किरण माइकलले लेखेका हुन् । चलचित्रका लागि ३ वटा गीत पनि तयार गरिसकिएको छ ।
निर्माता एवं नायक खानका अनुसार अप्रिल २६ मा कलाकार ओसिमाको जन्मदिन पनि परेकाले सोही दिन चलचित्रको घोषणा गरेर छायांकन सुरु गरिनेछ । अब वर्कशपमा जान लागेको उनले बताए । चलचित्रको छायांकन पोखराबाट सुरु गरिनेछ । काठमाण्डौदेखि जोमसोममा पनि चलचित्रको छायांकन गर्ने तयारी गरिएको छ । अमिर अलीको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा नारायण पुरी कार्यकारी निर्माता हुन् ।



0 comments:
Post a Comment