सुपर मोडल प्रशिक्षण चरणमा

पाँचौं संस्करणको मिस पूर्वेली सुपर मोडल–२०७२ को फाइनलमा प्रवेश गरेका प्रतियोगीहरू अहिले एक हप्ते बन्द प्रशिक्षणमा प्रतिभा निर्खान व्यस्त छन् ।

फागुन २५ गते विराटनगरमा हुने यो प्रतियोगिताका फाइनलिस्टमा विराटनगरकी असिमा चापागाईं, काजल कर्ण, सिमरन ठाकुरी, नूतन सुवेदी, एलिना प्रसाईं, रुचिका गिरी, नेहा सिंह, पूजा बुढाथोकी, अनु थापा, सेलिना थापा तथा प्रियाङका सहनी तथा धरानकी योगिता लिम्बू र विद्या चौहान छन् भने झापाकी नितिशा खड्का छिन् । प्रतियोगिताको आयोजना ए–वान इन्टरटेनमेन्टले गरेको हो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects