नायिका झरना थापाको चलचित्र निर्देशन गर्ने रहर पूरा हुने दिन नजिक आइसकेको छ । आगामी चैततिर छायांकन थाल्ने भनिएको ‘ए मेरो हजुर टु’ को सम्पूर्ण तयारी पूरा भैसकेको छ । कलाकार तथा प्राविधिकहरूको पनि टुंगो लागिसकेको छ ।
वसन्त सापकोटाको संगीतमा गीत पनि रेकर्ड भैसकेको छ, तर अहिलेसम्म नायकको अत्तोपत्तो छैन । हालै एक कार्यक्रममा भेटिएकी नायिका तथा निर्देशक झरना थापाले भनिन्– ‘लौन एक जना खाइलाग्दो नायक खोजिदिनुपर्यो ।’
झरना थापाका निर्माता श्रीमान् सुनिलकुमार थापाको लगानीमा निर्माण हुने चलचित्र ‘ए मेरो हजुर टु’ एक दशकभन्दा अघि झरना नायिका एवं श्रीकृष्ण श्रेष्ठ नायक भएको सफल चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल हो । अब झरनाको निर्देशनमा नायक हुन पाउने भाग्यमानी युवक को हुने हुन् ?



0 comments:
Post a Comment