आज मिस नेवा पोखरा–११३६ को फाइनल

मिस नेवा: पोखरा–११३६ को प्रतिभा प्रस्फुटन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी १९ जना प्रतिस्पर्धीले आफूमा अन्तर्निहित प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिस्पर्धीहरू सेलिका श्रेष्ठले धिमेबाजा, सन्जु श्रेष्ठ, सन्ध्या श्रेष्ठ, श्रेयंका श्रेष्ठ, मौनता कर्माचार्य, एनि श्रेष्ठले भाषणकला, निशा श्रेष्ठ, अस्मिता श्रेष्ठ तथा सदीक्षा मल्लले नेवारी नाच प्रस्तुत गरेका थिए । यसैगरी एलिशा जोशी, सुरक्षा तझ्याले खिन बाजा, ज्योती श्रेष्ठले बाँसुरीबादन, सुबी तण्डुकारले कुमारी नाच तथा दिपिका श्रेष्ठले नेपाली गीत प्रस्तुत गरेका थिए । अन्य प्रतिस्पर्धीहरूमा सुष्मा श्रेष्ठले नेवारी संस्कृतिसम्बन्धी भनाइ, अनिशा तझ्याले हस्तकला, अस्मिता बज्राचार्य एवं करिश्मा साईले नृत्य प्रस्तुत गरेका थिए । यसअघि प्रतिस्पर्धीहरूको कल्चरल फोटोसुट गरिएको थियो ।

आज चैत ६ गते शनिबार अन्तिम प्रतिस्पर्धा हुने मिस नेवा: पोखरा ११३६ का विजेताहरूलाई मुख्य उपाधिबाहेक बेस्ट कम्प्लेक्सन, बेस्ट स्माइल, बेस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, बेस्ट फोटोजेनिक, बेस्ट भ्युअर च्वाइस टाइटल पनि प्रदान गरिनेछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects