मलाई परिवारले साथ छाड्छ कि भन्ने डर लाग्छ’: केकी अधिकारी

बिहिबार नायिका केकी अधिकारी अनलाइनखबरसँगको कुराकानीमा केही भावूक देखिइन् । आफ्नो नयाँ चलचित्र ‘हाउ फन्नी’का लागि मिडियासँग कुरा गर्ने क्रममा केकीले आफ्नो मनमा भएको डर पनि खुलाइन् । तपाइलाई के कुराको डर छ, अनलाइनखरको प्रश्नमा केकीले केही भावूक हुँदै भनिन्-‘मलाई कतै म हार मान्छु कि भन्ने डर लाग्छ । यस्तो पल मेरो जीवनमा कहिले पनि नआओस्, जुन दिन म आफैदेखि हार मानुँ ।’

केकीले जीवनको कालखण्डमा जब मानिसले आफैदेखि हार मान्छ, त्यतिबेला उसको जीवन पनि अप्ठ्यारोमा पर्ने बताइन् । केकीको अर्को पनि एउटा डर छ, जुन हो परिवारको । केकीलाई लाग्छ, उनको परिवार कहिले कमजोर नबनोस् । तर, कहिलेकाही आफ्नो परिवार कमजोर हुन्छ कि भन्ने डरले यी सुन्दरीलाई पिरलेको छ । यही पिरले आफूलाई कहिलेकाही तनाव हुने केकीको आशय थियो ।

परिवार कमजोर बन्छ कि भन्ने डर मनमा बोकेकी केकीलाई कहिलेकाही आफ्नो परिवारले आफूलाई दिदै आएको साथ छाड्छ कि भन्ने पनि डर लाग्छ । परिवारले आफ्नो साथ कहिले पनि नछाडोस् भन्ने कामना गरेकी केकी यी ३ कुराको डरले केही भावूक देखिइन् । तर, पनि आफूमा आत्मविश्वास र कामप्रतिको लगाव कम नभएको यी सुन्दरीको भनाई थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects