रुशा भइन् मिस इन्डिजिनियस हेरिटेज नेपाल

राजधानीको प्रज्ञाभवनमा सम्पन्न पहिलो संस्करणको ‘एईसीसी ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१६’ उपाधि रुशा मानन्धरले जितेकी छिन् । रुशाले मुख्य उपाधिबाहेक पर्सनालिटी विधाको उपाधिमा पनि आफ्नो नाम दर्ता गराइन् ।

प्रतियोगिताको फस्ट रनर्सअप मीरा थापामगर भएकी छिन् भने उनले मिस स्माइलको उपाधिमा पनि कब्जा जमाइन् । सेकेन्ड रनर्सअपतर्फ भने सासा तामाङ विजयी भइन् । आदिवासी समुदायको कला, संस्कृति एवं वेशभूषामा आधारित यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

प्यासिफिक इभेन्ट्स एन्ड म्यानेजमेन्टले पहिलो पटक आयोजना गरेको मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१६ मा ५० जना युवतीको सहभागिता थियो । नमुना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरूले तयार पारेका पहिरनमा प्रतिस्पर्धामा उत्रिएकाहरूमध्ये कमला लामा मिस ट्यालेन्ट, क्षिरिङ शेर्पा एलिगेन्स, सराना मानन्धर बेस्ट हेयर, पारो हाङ थुलुङ बेस्ट स्किन उपाधिका विजेता चयन भए । यसैगरी प्रतियोगितामा ममता मानन्धर बेस्ट डिसिप्लिन, रुबिना श्रेष्ठ पिक्चर पर्फेक्ट, सुभानी मोक्तान चार्मिङ, एलिना माझी फ्रेन्डसिप तथा केसाङ दावा शेर्पा पब्लिक च्वाइस विधामा उत्कृष्ट घोषित भए ।

कार्यक्रममा निशा देशार, रुक्मान लिम्बू र श्रेयशी चेम्जोङले आ–आफ्ना गीतमार्फत सांगीतिक मनोरञ्जन प्रदान गरे भने नेपा: डान्स एकेडेमीका कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects