एक साथ तीन हास्य सिरियल

युट्युवमा अहिले नेपाली अनलाइन टेलिभिजन च्यानलहरु बढ्न थालेको छ । नेपाल टेलिभिजनले हास्य श्रृंखलाहरु प्रसारण नगरेपछि लोकप्रिय हास्य श्रृंखलाका कलाकारहरुले युट्युवमा संचालन रहेका विभिन्न टेलिभिजन च्यानल मार्फत् हास्य श्रृंखला सुरु गरेका हुन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘मेरी बास्सै’ हाँस्य श्रृंखलामा दर्शनेका रुपमा लोकप्रिय भएका सुरेश थापाको निर्देशनमा अहिले तिन विभिन्न युट्युव टेलिभिजन च्यानल मार्फत् साप्ताहिक रुपमा हास्य श्रृंखला प्रसारण भैरहेका छन् । थापाको निर्देशनमा निर्माण भएका हास्य श्रृंखलाहरु युट्युवको एन के टिभीमा ‘कमेडी गाइज’, एम्स टिभीमा ‘मस्तिराम मस्ती’ र भाइब्स क्रिएसनबाट ‘सुर न ताल’ श्रृंखला प्रशारण भैरहेको छ । 

हास्य एवं सामाजिक सन्देश दिने ती कार्यक्रमहरुमा सुरेश थापा ‘दर्शने’, अनिता दंगाल ‘मनमाया’, गोविन्द कोइराला ‘जयन्ते’, बुद्धि तामाङ ‘हनुमाने’,  बेगम नेपाल ‘भटभटे माइलो’, स्वस्तिका लामिछाने, घनुभाइ जोशी, राजेश नाथ आदि कलाकारले अभिनय गरेका छन् ।

एनके टिभीबाट प्रसारण भैरहेको ‘कमेडी गाइज’ श्रृंखला युट्युवको अनलाइन टेलिभिजनमा लोकप्रिय हुदैं गएको छ । एकसाथ तीनवटा श्रृंखला सुरु गरेका सुरेश थापाले यसअघि ५० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects