वल्र्ड लार्जेस्ट ह्युमन बुद्ध

केही अघि टुँडिखेलमा विश्वकै सबैभन्दा ठूलो मानव बुद्ध चित्र निर्माण गरिएको छ । चेयर अफ नेपालद्वारा आयोजित उक्त अभियानअन्तर्गत हजारौं मानिसले प्लेकार्ड बोकेर बुद्धको इमेज निर्माण गरेका थिए ।

‘करिब ७ हजार मानिसलाई उपस्थित गराएर प्लेकार्डमार्फत बुद्ध स्वरूप झल्किने गरी बुद्धको इमेज बनाइएको थियो ।’ चेयर अफ नेपालका रूपक जोशीले भने– ‘यसप्रकारको कार्यक्रम आफैंमा सन्देशमूलक भएकाले यसलाई विश्वव्यापी रूपमा लाने हाम्रो चाहना हो ।’ बुद्ध जन्मिएको भूमि नेपालले मानिसहरूको उपस्थितिमा बुद्धको शालिन इमेज बनाउँदा शान्तिको सन्देश जाने जोशीको भनाइ छ ।

कार्यक्रममा लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले बुद्ध नेपालको गर्व भएको बताउँदै शान्ति अभियानलाई सहयोग गर्न आफूहरू सधैं तत्पर रहेको बताए । यसअघि टुँडिखेलमै विशाल मानव सहभागितामा राष्ट्रिय झन्डाको इमेज तयार पारिएको थियो । मानिसहरूले बोकेका प्लेकार्डबाट बनेको बुद्धको इमेजलाई हेलिकप्टरबाट क्याप्चर गरिएको थियो । यसलाई सोसल मिडियाका प्रयोगकर्ताहरूले ब्यापक प्रचार गरेका थिए । जोशीका अनुसार यो कार्यक्रम बिना प्रायोजक सम्पन्न गरिएको थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects