विश्व रंगमञ्च दिवस– २०१६

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थिएटर मल र ज्योतिपुञ्ज साइन थिएटरको सहआयोजनामा थिएटर मल सुन्धारामा २७ मार्च २०१६ मा ‘विश्व रंगमञ्च दिवस’ मनाइएको छ ।

प्राज्ञ रमेश रञ्जन झाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्य प्रज्ञा–प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले गरेका थिए । कार्यक्रममा प्राज्ञ पुष्कर गुरुङले विश्व रंगमञ्च दिवसको सन्देश वाचन गरेका थिए । विश्व रंगमञ्च दिवस–२०१६ को सन्देश रूसका नाटक निर्देशक एनातोली वेस्सीलिएभले लेखेका थिए ।

विश्व रंगमञ्च दिवसका अवसरमा प्राज्ञ कृष्ण शाह ‘यात्री’ले २०६० पछिको नेपाली रंगमञ्च विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा प्रियंका झा तथा अशोक शिवाकोटीले एकल प्रस्तुति दिएका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects