सुन्तलीलाई भगाई लग्यो झिल्के ले’को यस्तो गीत

चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्के ले’ को शिर्ष गीतको अडियो सार्वजनिक गरिएको छ । युटुबबाट सार्वजनिक गरिएको यो गीतलाई दर्शकको मुखमा झुण्डिने खालको बनाइएको छ ।

विपिन आचार्यले संगीत भरेको यो गीतमा कालिप्रसाद बाँस्कोटा र माण्डवी त्रिपाठीको स्वर, ऋषिराज आचार्यको शब्द छ ।

यो चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रदर्शन मिति तय भैसकेको छैन ।

यसैबिच, निर्देशक ऋषिराज आचार्यले यो गीतमा अभिनय गरेर भिडियो पठाउनेमध्ये २ जनालाई यसको सिक्वेलमा नायक-नायिकाको रुपमा काम गराउने बताएका छन् ।

अनलाइनखबरसँग उनले भने-‘जसले यो गीतको उत्कृष्ट भिडियो बनाएर पठाउँछ, उसलाई हामी यो चलचित्रको सिक्वेलमा काम गर्ने अवसर दिन्छौ ।’

नेपालीपन बोकेको यो चलचित्रले  दर्शकको मन जित्ने विश्वास आचार्यको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects