आइटम गीत तर प्रकृतीले लगाइन् गुन्यू चोली

मोडलिङमा चर्चा कमाउँदै गर्दा एकाएक अष्ट्रेलिया हानिएकी प्रकृती श्रेष्ठले एक गीतमा आइटम नृत्य गरेकी छिन् । अष्ट्रेलियाबाट नेपाल आएकी मोडल प्रकृती श्रेष्ठलाई लिएर गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको छ ।

‘मेरो पाल्पाली’ बोलको गीतमा अवुन पाण्डेको स्वर तथा शब्द, टिका दाहालको संगीत छ । भिडियोमा प्रकृती श्रेष्ठ र सुरेन वसेलको मोडलिङ छ । प्रवन गौतमको छायांकन, प्रितम पाण्डेको सम्पादन यो भिडियोमा छ ।

निर्देशक बिष्टले यसपटक भिडियोलाई नयाँ शैलीबाट प्रस्तुत गरेको बताए । आइटम गीत भन्ने वित्तिकै मोडललाई छोटा कपडा लगाउने चलन भएपनि यसपटक आफूले प्रकृतीलाई गुन्यू चोल लगाएर नृत्य गराएको उनले बताए । भिडियोलाई यो बर्षको अन्तिम दिन सार्वजनिक गर्ने तयारी गरिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects