भुवनको ‘जुनी’मा अब फिल्म बन्ने, खुश्वु र रवि फाइनल

नायक भूवन केसीको पहिलो चलचित्र हो, ‘जुनी’ । यो चलचित्रबाट उदाएका नायक केसी अहिले  निर्देशक समेत भैसकेका छन् । अब, यही चलचित्रको नाम सापटी लिएर चलचित्र बन्ने भएको छ । रामेशकुमार राईले निर्देशन गर्न लागेको यो चलचित्रको छायांकन वैशाख १ गतेबाट सुरु हुने बताइएको छ ।

चलचित्रलाई पूर्ण रुपमा प्रेम कथामा तयार गर्न लागिएको छ । चलचित्रमा नायिका खुश्वु खड्का र कलाकार रवि कार्की मुख्य भूमिकामा देखिनेछन् ।

नायिका खुश्वुका अनुसार चलचित्रले मानिसको आ-आफ्नो जिन्दगीको कथालाई प्रस्तुत गर्नेछ ।   निर्देशक ओम प्रतिकको सहायक भएर काम गरिसकेका निर्देशक राइले यो चलचित्रमा खुश्वु र रविको प्रेमलाई रोचक तरिकाले प्रस्तुत गर्न लागेको बताए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects