बगिरहने पानीको गन्तव्य हुन्छ, तर ओरालो लागेको जिन्दगीको यात्राको टुंगो कहाँ, कति बेला हुन्छ पत्तै नहुने रहेछ ।सागर धिताल
जतिसुकै आत्मीय बन्न खोजे पनि एकपटक विश्वासघात गर्ने मान्छेको विश्वास गर्न सकिँदैन ।
कोहिनुर
कसैलाई हेर्ने नजरमा सुरुदेखि नै भिन्नता हुँदैन । यो समयको गति सँगै आउने मानवीय उतारचढाव हो । मान्छेको व्यवहार र आचरणले कसैलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउँछ ।
मनिता
कसैको पछि यति धेरै नलाग्नु कि त्यसका कारण उसको नजरमा हाँसो र ठट्टाको पात्र बन्नु परोस् ।
लक्ष्मी बुर्लाकोटी
मलाई ती मानिसहरूसँग रिस उठ्छ जसले मेरो समस्या र भावना बुझ्दैनन् ।
माइली



0 comments:
Post a Comment