सनीको क्याम्पेन

सनीको क्याम्पेन
अभिनेत्री सनी लियोन अहिले नो–स्मोकिङ क्याम्पेनमा सक्रिय छिन् । आफ्ना पिताको मृत्यु स्मोकिङकै कारण भएको स्मरण गराउँदै सनीले उनका बुबा चेनस्मोकर भएकाले क्यान्सर रोगले समातेको बताइन् ।

नो स्मोकिङ क्याम्पेनकै सन्दर्भमा निर्मित सर्ट चलचित्र ‘११ मिनेट्स’ सार्वजनिक गर्ने क्रममा सनीले उक्त कुरा बताएकी हुन् । इभेन्ट्समा सनीका साथमा ‘तनु वेड्स मनु’ मा पप्पिजीको भूमिका निर्वाह गर्ने दीपक डोबरियाल पनि उपस्थित थिए । नो–स्मोकिङ क्याम्पेनसँग आबद्ध हुनुको कारण के हो ? भन्ने पत्रकारहरूको प्रश्नमा सनीले भनिन्– ‘धेरै चुरोट पिएर क्यान्सर भैसकेपछि मेरा पिताले अस्पतालमा हरेक दिन अत्यन्तै पीडाका साथ दिन काट्नुपरेको थियो, उनको मृत्यु एकदमै कष्टकर थियो । त्यसैले म चाहन्न, कुनै पनि परिवार र उनका सन्तानले यस प्रकारको पीडा भोग्नुपरोस् ।’ पिताको त्यो कष्टकर अवस्था देख्दा आफूलाई पनि असह्य पीडा भएको उनको भनाइ थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects