मिस नेपालको ट्यालेन्ट शो सम्पन्न

मिस नेपालको ट्यालेन्ट शो सम्पन्न

मिस नेपाल–२०१६ का प्रतिस्पर्धीहरूले काठमाडौंमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । रसियन कल्चर सेन्टरमा सम्पन्न ट्यालेन्ट शोमा १९ जना प्रतिस्पर्धीले विभिन्न कला प्रदर्शन गर्दै प्रतिभा प्रदर्शन गरेका हुन् ।

प्रतिभा प्रस्तुत गर्ने क्रममा अधिकांशले नृत्यलाई रोजेका थिए । परम्परागत तथा मौलिक पहिरनमा सजिएका सुन्दरीहरूले विभिन्न गीतमा नृत्य प्रदर्शन गरे । त्यस क्रममा उनीहरूले मौलिक नेपाली गीत, लोकगीतदेखि थाली नृत्य तथा बेली नृत्यसम्म गर्न भ्याए । केही प्रतियोगीले चित्रकलामार्फत
आफ्ना भावना पोखे भने केहीले कविता तथा गजल वाचन गरे ।

गीत गाएर आफ्नो कला प्रदर्शन गर्नेहरू पनि थिए भने अभिनय तथा व्यक्तित्व कला प्रदर्शन गर्नेहरूले पनि आफ्नो कलामार्फत निर्णायकहरूलाई प्रभावित तुल्याउने प्रयास गरे ।

कार्यक्रममा बुटवलकी प्रतियोगी कुसुम थापामगरले मगर समुदायको थाली नृत्य प्रस्तुत गरिन् भने बालाजु, काठमाडौंकी सिर्जना रेग्मी तथा धरानकी सन्दिपा लिम्बूले कवितावाचन गरे ।

नम्रता श्रेष्ठको बेली डान्सले उपस्थित दर्शकलाई रोमाञ्चित तुल्यायो भने प्रेरणा अधिकारीले गिटार वादनमार्फत आफ्नो कला प्रदर्शन गरिन् ।

सोनिया शर्माले नृत्य गरिन् भने वर्षा लेखीले पनि नृत्यमार्फत नै महिलामाथि हुने यौन हिंसाविरुद्ध सन्देश दिइन् ।

अंशु केसीले चित्रकलामार्फत नेपाल आमाको विम्बका रूपमा महिलाको चित्र बनाइन् भने प्रतिभा दवाडीले गुन्यूचोलीमा सजिएर लोकनृत्य प्रस्तुत गरिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects