फ्रान्समा सेक्सका लागि पैसा तिर्न अपराध, यौनकर्मीहरुको विरोध

पेरिस – फ्रान्सका सांसद्हरुले नयाँ विधेयक पास गरेका छन् जसले सेक्सका लागि पैसा तिर्नलाई गैरकानुनी बनाएको छ । विधेयक पास भएपछि अब यस्तो कार्य गर्नेले ५ लाख नेपाली रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । साथै, यौनकर्मीहरुको अवस्थाको बारेमा कक्षासमेत लिनुपर्नेछ । पहिलो पटकमा १,५०० युरो जरिवाना तोकिएको छ भने दोस्रो पटकमा उक्त रकम दोब्बर हुँदै जाने बताइएको छ ।
दुईवटा सदनमा देखिएको मतभिन्नताको कारण यो विवादीत विधेयक पास गर्न दुई वर्षभन्दा बढी लागेको थियो । विधेयकबारे छलफल भइरहँदा यौनकर्मीहरुले भने यसको विरोध गरेका थिए । संसद् भवनबाहिर उनीहरु प्लेकार्ड सहित विरोधमा उत्रिएको एएफपीले जनाएको छ ।
यौनकर्मीहरुको संगठनले नयाँ विधेयकसँगै ३० हजारदेखि ४० हजार यौनकर्मीको जिविकामा प्रत्यक्ष असर पुर्याउने बताएका छन् । यद्यपि, विधेयकका समर्थकहरुले भने तस्करीको सञ्जाललाई ध्वस्त पार्न संघर्ष गरिरहने बताएका छन् ।
‘यो कानुनको सबैभन्दा मुख्य पक्ष भनेको यसले यौनकर्मीहरुलाई परिचय पत्र दिने छ । हामीलाई थाहा छ यहाँका ८५ प्रतिशत यौनकर्मीहरु तस्करीबाट पिडित छन्,’ सोसियालिस्ट पार्टीका संसद मउड ओलिभरले एपीसँग कुरा गर्दै भनेका छन् ।
फ्रान्सको ले मोन्डे पत्रिकाका अनुसार यस विधेयकको पक्षमा ६४ र विपक्षमा १२ सांसद्ले मतदान गरेका थिए भने ११ जना गयल थिए ।
यो कानुन पहिलो स्वीडेनमा लागु गरिएको थियो । कानुन लागु भएपछि स्टोकहोममा यौनकर्मीको संख्यामा कमी आएको स्वीडिस अधिकारहीहरुको दाबी छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects