मिस ग्रान्ड समीक्षा

के महिलाहरू साँच्चै हिंसाबाट पीडित छन् ? छन् भने कसरी ? यसलाई तपाईं कसरी व्याख्या गर्नु हुन्छ ?’ यो प्रश्नको उत्कृष्ट जवाफ दिँदै बिर्तामोडकी १९ वर्षीय समीक्षा खतिवडाले मिस ग्रान्ड झापा–२०१६ को उपाधि जितेकी छिन् ।

अन्तिम स्पर्धामा सोधिएको प्रश्नमा खतिवडाको जवाफ थियो— ‘महिलाहरू विभिन्न किसिमका हिंसाबाट पीडित छन् । यसको प्रमुख कारण जनचेतनाको कमी, कुसंस्कार, कुरीति एवं प्रतिकार गर्न नसक्नु आदि हुुन् ।’ महिला हिंसा अन्त्यका लागि उनले एउटा पंक्ति नै लेखिन् :
गन १, २, ३, ४, ५... हुन्छ,
फिँजाऊ पञ्जा हुन्छ,
मुठी कसेर, महिला एकजुट
भएर उठ,
अनि मात्र महिला हिंसा
अन्त्य हुन्छ ।
प्रतियोगितामा सुस्मिता बस्नेत फस्ट रनर्सअप घोषित भइन् भने निशा गुरुङले सेकेन्ड रनर्सअपको उपाधि प्राप्त गरिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects