रजनी थापालाई अन्तर्राष्ट्रिय पुरस्कार

गत डिसेम्बर महिनामा भारतको नयाँ दिल्लीमा ईप्लानेटको आयोजनामा सम्पन्न मिस हेरिटेज इन्टरनेसल–२०१५ को उपाधि विजेता रजनी थापालाई अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।

नेपालको मौलिक कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले प्रवद्र्धन गर्न योगदान पुर्‍याएको र मिसेस हेरिटेज इन्टरनेसलको मुख्य उपाधिलाई नेपाल भित्र्याउन सफल भएकोमा मलेसियाको पर्यटन मन्त्रालयको सहकार्यमा मलेसियास्थित एसिया एक्सिलेन्स आन्टरप्रिनियर फेडेरेसन (एईईएफ) संस्थाले थापालाई २१ औं शताब्दीको द प्रिस्टिजियस ब्रान्ड एवार्ड्स–२०१६ अन्तर्गत ‘कल्चरल एचिभ्मेन्ट एवार्ड’ बाट सम्मान गरेको हो । रजनीलाई मलेसियामा सम्पन्न एउटा भव्य समारोहबीच उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

ई–प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस नेपाल प्रतियोगिताकी विजेता रजनीले मिसेस हेरिटेज इन्टरनेसनल–२०१५ को ताज पहिरिनुअघि  ‘मिसेस ग्लोब–२०१३’, ‘मिसेस युनिभर्स–२०१४’ र ‘मिसेस ग्लोब–२०१४’ मा सहभागिता जनाएकी थिइन्, जसमा क्रमश: ‘मिसेस फिलेन्थ्रोपी’, ‘ब्युटिफुल लेडी’ र ‘लिडर अफ द इयर’को एवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी गएको नोभेम्बर महिनामा टर्कीको अन्तालियामा सम्पन्न ‘मिसेस टप अफ द वल्र्ड–२०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भएकी रजनी थापाले फोर्थ रनर्सअप तथा मिसेस डायमन्ड टप अफ द वल्र्डको एवार्ड पनि हात पारेकी थिइन्् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects