![]() |
हुने भयो सबै जातका सुन्दरीको प्रतियोगिता
|
काठमाडौं । मिस नेवा, मिस तामाङ लगायतका जात र समुदाय केन्दि्रत सुन्दरी प्रतियोगीता भइरहेको वेला ‘दोस्रो मिस नेपाल कल्चर नेपाल २०१६’ हुने भएको छ । यो प्रतियोगितामा सबै समुदाय र जातका सुन्दरीले भाग लिन पाउने भएका छन् ।
प्रतियोगिताको प्रारम्भिक चयन २५ चैतमा मल्ल होटलमा हुने भएको छ । २६ चैतबाट नै उनीहरुको विविध प्रशिक्षण सुरु हुनेछ । आगामी २० बैशाखमा राजधानीको सँस्कृतिक सँस्थान नाँचघरमा भव्य समारोहबीच प्रतियोगी छानिने आयोजकले जनाएको छ ।
युहान ईन्टरनेशलन इभेन्टस् प्रालिको आयोजना, साँस्कृतिक सँस्थानको सह आयोजना तथा विलक्षण क्रियसनको ब्यबस्थापन सहयोगमा हुन लागेको हो ।
सँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले यो प्रतियोगितामा सहभागी हुनेलाई नेपालका विभिन्न जाति, जनजाती समुदाय, उनीहरुको रहन सहन, रीति रिवाज, कला, सँस्कृति धर्म, सँस्कारबारे जानकारी गराउने बताए ।
प्रतियोगितामा सहभागी हुनेले न्युनतम एसएलसी उत्तीर्ण, १६ देखि २६ उमेर समुह हुनुपर्ने छ । कम्तिमा पाँच फिट उचाई भएको हुनु पर्ने छ ।
प्रतियोगितामा बिजयी हुनेले एक वर्षसम्म सँस्कृतिक संस्थानको सदभावनादुतको रुपमा राष्ट्रिय, अन्नतर्राष्ट्रिय क्षेत्रमा सहकार्य गर्नु पर्ने छ ।





0 comments:
Post a Comment