आज शुक्रबार जीवन लुइँटेल मुख्य भुमिकामा रहेको चलचित्र ‘बाजिगर’ प्रदर्शनमा आउँदैछ । चलचित्रमा संजोग कोइराला पनि नायक छन् । चलचित्रको कथा यी दुई नायकबीचको अन्तद्र्वन्द्वमा आधारित छ । सञ्जोग र नायिका निष्मासँगको प्रेम यो चलचित्रको अर्को पाटो हो । अनु शाहले चलचित्रमा नायक जीवन लुइँटेलसँग रोमान्स गरेकी छिन् । पुराना निर्माता शेखर कोइरालाको चलचित्र ‘बाजिगर’को शीर्षक बलिउड अभिनेता शाहरुख खानको चलचित्रसँग मिले पनि कथा भने निकै फरक रहेको निर्माण पक्ष बताउँछ । निर्देशक किशोर रानाका भाइ रञ्जित रानाले निर्देशन गरेको यो चलचित्र सबै वर्गले मन पराउने विश्वास लिइएको छ । चलचित्र बाजिगरलाई मदनकाश्यप घिमिरेले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन् ।
निर्देशक : रंजित राना मगर
संगीत : वसन्त सापकोटा
कलाकार : जीवन लुइँटेल, अनु शाह, सञ्जोग कोइराला, निष्मा घिमिरे आदि ।



0 comments:
Post a Comment