नायिका रेखा थापाका चलचित्रले निकै चर्चा पाउँछन् । त्यसमा पनि रेखा आफैंले लगानी गरी निर्माण गरेका चलचित्रहरू बहुप्रतीक्षित हुन्छन् । चर्चाको शिखरमा रहेकी नायिका रेखा थापाद्वारा निर्मित तथा उनकै शीर्ष भूमिका भएको चलचित्र ‘रामप्यारी’ आज शुक्रबारदेखि देशभरका चलचित्र भवनहरूमा एकसाथ प्रदर्शन हुँदैछ ।
रामप्यारीमा नायिका रेखा थापाको एक्सन हेर्न सकिन्छ । टेम्पो चलाउने महिला चालकको भूमिकामा देखिने थापा समाजका खलनायकहरूसँग युद्ध लड्छिन् । ‘रामप्यारी’ मार्फत रेखाकी दिदीका छोरा आभास अधिकारी नायकका रूपमा पदार्पण हुँदैछन् । उनले नायिका आश्मा डिसीको साथ पाएका छन् । नायिका थापाले भने चलचित्रमा नायक सविन श्रेष्ठसँग रोमान्स गरेकी छिन् । चलचित्रमा आभास तथा आश्माबीचको प्रेमलाई सफल बनाउन टेम्पो चालक रामप्यारीले प्रेमका शत्रुहरूसँग लडाइँ लडेको देखाइएको छ । चलचित्र ‘रामप्यारी’मा शिव ढकालको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन तथा अर्जुन जिसीको सम्पादन छ ।
निर्देशक : सबिर श्रेष्ठ
संगीत : थानेश्वर सापकोटा/कोसिस क्षेत्री/रेखा थापा
कलाकार : रेखा थापा, सविन श्रेष्ठ, आश्मा डिसी तथा आभास अधिकारी



0 comments:
Post a Comment