लामखुट्टेवाट जोगिने उपाय

    लामखुट्टे भगाउन बालिने धूपले श्वासप्रश्वासमा असर गर्छ । त्यसैले झुलको प्रयोग सर्वाधिक उपयुक्त मानिन्छ ।

    लामखुट्टे मार्ने धुप बाल्नैपरे पनि सावधानी अपनाउनुपर्छ । हावा आउजाउ नगर्ने ठाउँमा त्यस्तो धूप बाल्नु हुँदैन ।

    धूपबाट आगो सल्कने डर भएकाले अलग्गै तथा अन्य वस्तुमा आगो नसल्कने गरी राख्नुपर्छ ।

    घरभित्र कपुर जलाएर केही मिनेट सबै झ्याल–ढोका बन्द गर्नुपर्छ । यसले गर्दा घरभित्र पसेका सवै लामखुट्टे मर्छन् ।

    आर्युवेदका अनुसार घरको झ्यालमा तुलसीको बोट राख्दा पनि लामखुट्टेबाट जोगिन सकिन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects