बुद्धि अब निर्देशक

लामो समयदेखि रंगमञ्चमा सक्रिय कलाकार बुद्धि तामाङ ‘हैट’ उपनामले लोकप्रिय छन् । विभिन्न हास्य टेलिश्रृंखला तथा चलचित्रमा अभिनय गर्दै आएका तामाङ अब भने निर्देशकका रूपमा समेत प्रस्तुत हुँदैछन् ।

चलचित्र ‘कबड्डी’ मा ‘हैट’ थेगो लोकप्रिय भएपछि दर्शकमाझ पनि ‘हैट’ भनेर चिनिने तामाङ मण्डला थिएटरमा अघिल्लो शनिबारदेखि प्रारम्भ भएको नाटक ‘योजनापार्क’ बाट निर्देशक भएका हुन् । मण्डला थिएटरको ‘सोसियल थिएटर’ विभागका संयोजक बुद्धिले मण्डलाको जिम्मेवारी नयाँ पुस्तामा सर्दै गएकाले आफू निर्देशक बनेको बताएका छन् । तामाङले टेलिश्रृंखला तथा चलचित्र निर्देशन गर्ने विषयमा हालसम्म कुनै योजना नबनेको कुरा पनि स्पष्ट पारेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects