सिजन मिडियाद्वारा आयोजित ‘पाँचौं जुनियर स्कुल प्रिन्सेस–२०१६’को उपाधि सिनियरतर्फ प्यारागन पब्लिक स्कुलकी १३ वर्षीया ग्रीष्मा योञ्जनले तथा जुनियरतर्फ लिटिल एन्जल स्कुलकी १० प्राश्ना श्रेष्ठले जितेका छन् । ग्रीष्माले भ्यूअर्स च्वाइस र प्राश्नाले मिस पपुलर र मस्ट ट्यालेन्ट एवार्डको उपाधि पनि हासिल गरे ।
प्रज्ञा–भवनमा सम्पन्न प्रतियोगितामा ‘फस्ट रनर्सअप’को उपाधि सिनियरबाट आकृति पाण्डे र जुनियरबाट ग्रीष्मा पराजुलीले प्राप्त गरे । ‘सेकेन्ड रनर्सअप’को उपाधि सिनियरबाट अक्षिता साह र जुनियरबाट इमोनीका राइले जिते ।
६ देखि १३ वर्ष उमेरका ७६ जना प्रतियोगीबीच यो प्रतिस्पर्धा भएको थियो । २१ दिनको विभिन्न प्रतियोगिता र प्रशिक्षणपश्चात् उनीहरूलाई शुक्रबार अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो ।
‘पाचौं जुनियर स्कुल प्रिन्सेस–२०१६’मा विभिन्न उपशीर्षकका उपाधि पनि थिए, जसअन्तर्गत ‘बेस्ट फ्रेन्डसिप’को उपाधि आकृति पाण्डे र दिव्यता सुनुवार,‘बेस्ट स्माइल’को उपाधि सुष्मा घिसिङ र सुभाषी काफ्ले, ‘बेस्ट हेयर’को उपाधि आरती गुरुङ र एन्जल साही, ‘बेस्ट स्किन’को उपाधि श्रीनिधि शर्मा र युकी थापाले जिते ।



0 comments:
Post a Comment