स्मार्टफोनको स्क्रिनलाई सुरक्षित बनाउन कैयौं प्रकारका चिज बजारमा उपलब्ध छन्, तर स्मार्टफोनका लागिसमेत सेक्सी ‘अन्डरवेयर’ निर्माण हुनु चाहिँ नौलै कुरा हो । जापानको एक चर्चित ‘सेक्स टोय’ कम्पनीले स्मार्टफोनको मुनिको भाग ढाक्न ‘सेक्सी’ पेन्टी निर्माण गरेको एक अन्तर्राष्ट्रिय समाचार अनलाइनले जनाएको छ ।
उक्त पेन्टीका कारण स्मार्टफोन प्राविधिक रूपमा अझ समृद्ध र मजबुत हुने तथा सेक्सीसमेत देखिने ‘सेक्स टोय’ कम्पनीको दाबी छ । समाचारका अनुसार जापानको यो स्मार्टफोन पेन्टीको बिक्री तीव्र रूपमा भैरहेको छ । कम्पनीले स्मार्टफोनको स्क्रिन सुरक्षाका लागि धेरै सामग्री पाइए पनि मुनिको भाग भने सधैं खुला रहने गरेको भन्दै उक्त भागलाई सुरक्षित राख्न यस्ता अन्डरवेयर निर्माण गरेको बताएको छ ।
स्मार्टफोनका यस्ता सेक्सी पेन्टी सिलिकनबाट निर्माण गरिएको छ । जसको मूल्य प्रतिपेन्टी साढे ५ अमेरिकी डलर छ ।



0 comments:
Post a Comment