ऋचाको छोरी पाउने तयारी

अमेरिका भासिएकी नायिका ऋचा घिमिरे फेरि गर्भवती छिन् । दुई छोराकी आमा ऋचाले फेसबुकमार्फत आफ्नो गर्भमा छोरी रहेको जानकारी दिएकी छिन् ।

अमेरिका जानेहरू डलर कमाउन व्यस्त रहे पनि आफूचाहिँ गृहणी भएर छोराहरूको स्याहार गरिरहेको बताउने ऋचाको गर्भमा सात महिनाकी छोरी छिन् । निर्देशक शंकर घिमिरेसँग विवाह बन्धनमा बाँधिदा ऋचा घिमिरे व्यस्त नायिकाको अग्रस्थानमै थिइन् । क्यानाडा पुग्दा उनको काखमा छोरा थियो ।

अमेरिका पुगेपछि अर्को छोरा पनि पाइन् भने अब उनी छोरीको तयारीमा छिन् । भनेपछि नायिका भएर एकपछि अर्को चलचित्र दिने दिन सकिए पनि वर्षैपिच्छे सन्तान जन्माउनचाहिँ ऋचा अग्रणी देखिइन् । काली सुन्दरीका रूपमा कहलिएकी नायिका ऋचालाई सफल आमा हुने शुभकामनाबाहेक अरू के नै दिन सकिएला र ?

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects