क्विज मेनिया अब दक्षिण एसियामा

कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै आएको क्विज मेनिया कार्यक्रमले आगामी सिजनलाई दक्षिण एसियास्तरको प्रतियोगिता बनाउने भएको छ ।

राजेश हमालले सञ्चालन गर्ने यो क्विज कन्टेस्टमा मुलुकका उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउँदै आएका थिए । यसपटकको क्विज मेनियामा मुलुकभरका प्रतिस्पर्धीहरूलाई उछिनेर पहिलो स्थान हासिल गर्ने टिमले नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाका प्रतिस्पर्धीसँग आफ्नो क्षमता प्रदर्शन गर्नेछ ।

दक्षिण एसियाका भारत, भुटान, श्रीलंका, बंगलादेश, पाकिस्तान, मालदिभ्स तथा अफगानिस्तानका विद्यार्थीले क्विज मेनियामा सहभागिता जनाउनेछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects