सत्यराज आचार्य, गायक
समयसापेक्ष ब्रान्डेड पहिरनका सौखिन गायक सत्यराज आचार्य समय र परिस्थितिअनुसारका पहिरनमा जोड दिन्छन् । सामान्यत: उनी क्याजुअल पहिरनमै आफूलाई सहज महसुस गर्छन् । आचार्य अझै पनि आठ वर्षअघि किनेको हुक टिसर्टमै रमाइरहेका छन् । केश लामो भएकाले उनी आफ्नो हेयर स्टाइल परिवर्तन गरिरहन्छन्, कहिले जुरो बनाउँछन् त कहिले खुला छाड्छन् ।
बाक्लो र लामो दाह्री पालेका सत्यराजलाई मेकअपको खासै आवश्यकता पर्दैन । तैपनि उनी हातखुट्टा तथा अनुहारमा लोसन लगाउँछन् । औंलामा औंठी नछुटाउने आचार्य गलामा पेन्डेन लगाउँछन् । उनको कानमा सधैं कुन्डल हुन्छ । उनले स्टाफ नेटेसनको झझल्को दिने आकर्षक ट्याटु खोपाएका छन् ।
चस्माका सौखिन आचार्यसँग वेफर, एभिएटर आदि ब्रान्डका चस्माको संकलन छ । उनी घडीका पनि सौखिन हुन् । अहिले उनको हातमा एलेसिस ब्रान्डको घडी छ । जुत्ताका पनि सौखिन आचार्य आफूसँग कुन–कुन ब्रान्डका कति जुत्ता छन् भन्ने हेक्का राख्दैनन् । आचार्य भन्छन्, आय आर्जनअनुसार पहिरनमा ध्यान दिनु नै फेसन हो । फेसन गर्दा घाँटी हेरी हाड निल्नुपर्छ ।



0 comments:
Post a Comment