महिलाहरूका लागि सहयोगी एप्स

कुनै महिला आपतमा पर्नेबित्तिकै मोबाइल एप्सले त्यसको जानकारी उनका मित्र तथा परिवारका सदस्यहरूलाई दिनेछ । ‘लाइफ लाइन रेस्पोन्स’ नामको यो एप्सलाई अमेरिकाको एक कम्पनीले विकास गरेको हो । यो एप्स आईफोन तथा एन्ड्रोइड दुवैमा चल्छ । यो एप्स हाललाई अमेरिकामा मात्र चल्छ ।

निकट भविष्यमा यो एप्स अरू राष्ट्रमा पनि प्रयोग गर्न सकिनेछ । कम्पनीका अनुसार यो एप्समा पुलिस, साथी र परिवारका सदस्यहरूको नम्बर र इमेल एड्रेस हुन्छ । कुनै पनि आपत्कालीन घटना घटेलगत्तै पीडितले एप्स अन गरे त्यसमा फिट गरिएका सबै नम्बरमा स्वचालित रूपमा चेतावनी कल जान्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects