गिरानचौरमा धुर्मुससंग


 १ दिनकलाकार सीताराम कट्टेल (धुर्मुस) यतिवेला सिन्धुपाल्चोकस्थित मेलम्ची–८, गिरानचौरमा ‘दोस्रो धुर्मुस–सुन्तलीएकीकृत बस्ती’ बनाउन व्यस्त छन् । पछिल्लो समय उनी टेलिभिजन र स्टेज कार्यक्रममा भन्दा बढी सामाजिक कार्यमा व्यस्त छन् ।गत वर्षको विनाशकारी भूकम्पबाट घरबारविहीन भएका सर्वसाधारणका लागि वासस्थान बनाउन कट्टेलदम्पतीले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’मार्फत काम गरिरहेका छन् । उनीहरूले यसअघि काभ्रेमा एकीकृत नमुना बस्ती बनाइसकेका छन् ।भूकम्प गएको तीन महिनामै काभ्रेको पहरी बस्तीमा २० परिवारका लागि उनीहरूले घर बनाइदिए । यतिवेला उनीहरू दोस्रो एकीकृत नमुना बस्ती बनाउन लागेका छन् । सिन्धुपाल्चोककोगिरानचौरमा ६५ घरको एकीकृत बस्ती प्राचीन परम्परा झल्कने, तर आधुनिक खालको हुनेछ । हाल धुर्मुसको दिनचर्या यिनै घर निर्माणकार्यमा बित्ने गरेको छ ।राजधानी काठमाडौंबाट करिब ६० किलोमिटर टाढा मेलम्ची–८, गिरानचौरमा निर्माण हुँदै गरेको ‘धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती’ पुगेका फोटो पत्रकार सतिश पोखरेलले सीताराम कट्टेल ‘धुर्मुस’को दिनचर्या क्यामेरामा कैद गरेका छन् :फोटो - सतिश पोखरेलहामिले सम्मान स्वरुप उहाँहरु लाई एक एक‪#‎Share‬गर्नलाई कुनै लोभ नगरौ ।।#Share = लाखौ सम्मान

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects