गुडबाई नन्दिता

एकपछि अर्की नायिका अमेरिका पलायन भैरहेका बेला गत साता नायिका नन्दिता केसी पनि अमेरिका भासिएपछि त्यहाँ जानेहरूको सूचीमा थप वृद्धि भएको छ ।

कृष्टि मैनाली, जल शाह, ऋचा घिमिरे, अरुणिमा लम्साल, पूजा चन्द, उषा पौडेल, युना उप्रेती, सज्जा मैनाली आदि नायिका अमेरिकामै स्थायी बसोबास गरिरहेका छन् । उनीहरूलाई नै साथ दिने गरी नन्दिता पनि अमेरिका पुगेको बताइन्छ ।

केही समयअघि अमेरिकाका विभिन्न कार्यक्रममा सहभागी भएर नेपाल फर्किएकी नन्दिता यसपटक भने अमेरिकामै ग्रीनकार्डका लागि आवेदन दिँदै घरजम गर्ने सोचका साथ त्यता लागेको निकट सूत्रहरू बताउँछ । नन्दिता स्वयंले भने आफू केही महिना अमेरिका बसेर स्वदेश फर्कने बताएकी छिन् तर पछिल्लो समयमा राम्रो काम नपाइरहेकी नन्दिता यसपटक चाँजोपाँजो मिलाएरै अमेरिका लागेकी हुन् । नन्दिताका अनुसार पहिलो ४ महिनाका लागि विभिन्न कार्यक्रममा सहभागी हुने गरी उनी त्यता प्रस्थान गरेकी हुन् । त्यसपछि अनुकूलता मिले बसाइ लम्ब्याउन सक्ने संकेत पनि केसीले दिएकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects