गुणकारी कागती

    कागती बाह्रैमास पाइने फल हो । यो स्वादिलो मात्र होइन औषधिय गुणले पनि भरिपूर्ण छ ।

    यसमा पर्याप्त मात्रामा भिटामिन–सी पाइन्छ ।

    कागतीले छालाको सौन्दर्य कायम राख्न सहयोग गर्छ ।

    गर्मी मौसममा कागतीको रस पानीमा मिसाएर पिउन सकिन्छ । यसले शरीरलाई शीतलता त प्रदान गर्छ नै, हैजाबाट पनि जोगाउँछ ।

    चक्कर लागिरहेका बेला वा उल्टी भैरहेको अवस्थामा कागतीको टुक्रालाई बीरे नुन र मरिचसँग मिसाएर खानुपर्छ ।

    जसलाई खानामा अरुचि छ वा पेटको समस्या छ, उनीहरूले कागतीको रसमा थोरै वीरे नुन मिसाएर पिउनुपर्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects