चलचित्र पशुपतिप्रसादमा सानै भूमिका भए पनि त्यसको सफलताको हिस्सेदार बन्न सफल भइन्, नायिका वर्षा शिवाकोटी ।
आफूले अभिनय गरेका राम्रा चलचित्रको नाम लिनुपर्दा वर्षा गर्वका साथ पशुपतिप्रसादको नाम लिन्छिन् । नाइँ नभन्नु ल सिरिजबाट नेपाली रजतपटमा प्रवेश गरेकी वर्षा सफल चलचित्रमा काम गर्ने नायिकाको सूचीमा पर्छिन् । हाल सोलो नायिकाका रूपमा मुख्य भूमिकामा काम गर्ने तयारीमा रहेकी शिवाकोटी अबको चलचित्रबाट आफ््नो क्षमता प्रस्टिने उल्लेख गर्छिन् ।
हालै निर्माणको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन’ का निम्ति न्यू लुक्स विकास गरेकी वर्षा भन्छिन्– ‘यो चलचित्रमा उत्कृष्ट काम गरेर मैले आफूलाई प्रमाणित गर्नु छ ।’ त्यसो त यसअघिका चलचित्रमा समेत आफूले उत्कृष्ट काम गरेको उनको भनाइ छ । युरोपमा छायांकन हुने भनिएको लप्पन–छप्पनका निम्ति फरक गेटअप बनाएकी वर्षा अब हरेक प्रोजेक्टमा आफूलाई फरक देखाउने हिसाबले काम गर्ने दाबी गर्छिन् । लप्पनछप्पनलगत्तै अर्को एक चलचित्रमा पनि फरक किसिमको चरित्रमा काम गर्ने योजना बनाइसकेको वर्षाको कथन छ ।



0 comments:
Post a Comment