ननरोमान्टिक कंगना

अहिले बलिउडमा चर्चाको शिखरमा छिन्— अभिनेत्री कंगना रनावत । दुई पटक भारतको राष्ट्रिय चलचित्र एवार्ड हासिल गरेकी कंगना चलचित्रका अतिरिक्त व्यक्तिगत जीवनको उतारचढावका कारण उत्तिकै चर्चामा रहँदै आएकी छिन् ।

पछिल्लो समय नायक ऋतिक रोशनसँगको लफडाका कारण चर्चामा रहेकी कंगनालाई सामाजिक संजालमा धेरैले चरित्रहीन भनेर आरोप लगाएपछि उनका दुस्मन भनिएकै ऋतिक कंगनाको पक्षमा उभिए । हालै कंगनाले आफ्नै बहिनी रंगोलीको जीवनमा आधारित चलचित्र निर्माण गर्न लागेको बताएकी छिन् ।

‘गम्भीरताका साथ भन्ने हो भने बहिनी रंगोलीको जीवन धेरै रोमान्टिक छ, यसका लागि म आफ्ना बहिनीहरूलाई क्रेडिट दिन्छु,’ कंगनाले भनेकी छिन्– ‘जीवनमा मलाई कहिल्यै त्यस्तो प्रेम मिलेको छैन, मेरो जीवनमा कहिल्यै त्यस प्रकारका रोमान्टिक पल आएनन् ।’ कंगनाका अनुसार बहिनी रंगोलीको जीवनमा चलचित्र बनाउन उनको स्वीकृति लिइसकिएको छ । कंगनाकी बहिनी रंगोली एसिड हमलामा परेकी थिइन् । विज्ञहरूका अनुसार रंगोलीका विषयमा चलचित्र बनाउन भने कंगनालाई त्यति सजिलो हुनेछैन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects