मल्लको मनोवेदना

नाट्यकर्मी प्रचण्ड मल्लद्वारा लिखित ऐतिहासिक तथा नारीप्रधान नाटक ‘मनोवेदना’ जोरपाटीस्थित ख्वाप नाट्यशालामा वैशाख २५ गते मञ्चन हुने भएको हो ।

पृथ्वी नारायण शाहले एकीकरणका बेलामा मकवानपुर राज्यकी राजकुमारी इन्द्रकुमारी सेनसँग विवाह गरे, तर राजा हेमकर्ण सेनले विवाह भएकी छोरीलाई पृथ्वीनारायण शाह अर्थात् ज्वाइँको साथ लगाएर पठाउन सकेनन् । गोरखाका राजा पृथ्वीनारायण शाह बेहुली नलिई रित्तै फर्किएका थिए । दुलही भएर पनि दुलाहाको घर जान नपाएकी इन्द्रकुमारीको पीडा नै यो नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकमा उमा तामाङ, प्रदीप खड्गी, प्रदीप नेपाल, दिपु माया तामाङ, सुमित्रा मगर, अर्जुन बोहोरा, शिवानी बोहोरा, सविना श्रेष्ठ, सुशान्त तामाङ, बाबु लामा, दीक्षा तामाङ, कुमारी तामाङ, रोशनी सापकोटा, देव क्षेत्री, भोला अधिकारी आदि कलाकारले अभिनय गर्दैछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects