काठमाडौंमा भण्डारीको जादु

विश्वप्रसिद्ध भारतीय जादुगर कृष्ण भण्डारीले भोलि शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा दुई घण्टा आफ्ना अलौकिक जादु (म्याजिक शो) प्रस्तुत गर्ने भएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विश्वप्रसिद्ध गाडी फक्सवागेनले ‘फक्सवागेन म्याजिक एक्चेन्ज’ कार्यक्रमअन्तर्गत भण्डारीको जादु काठमाडौंमा प्रस्तुत गर्न लागेको जानकारी गराइयो ।

समारोहमा फक्सवागेनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल नेपालका सहायक प्रबन्ध निर्देशक देवाशिष विश्वासले फक्सवागेन एक्सचेन्ज अभियानअन्तर्गत पुरानो कार भ्यालुएसन तथा नयाँ कार खरिदका लागि अग्रिम बुकिङ गराएका ग्राहक तथा उनीहरूका परिवारलाई भोलि शनिबार राष्ट्रिय सभागृहमा भण्डारीको जादु देखाउन लागिएको हो । ७ जना कलाकारको टोलीसहित नेपाल आउने भण्डारीले दुई घण्टाजति विश्वासै गर्न नसक्ने खालका विभिन्न जादु प्रस्तुत गर्नेछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects