आज प्रदर्शित हुने चलचित्र किन गरेँ माया
आजदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘किन गरेँ माया’मा आयुष रेग्मी र सञ्जु सिलवालको मुख्य भूमिका छ । टिनएज प्रेमकथालाई आधार बनाइएको यो चलचित्रमा किशोर–किशोरी प्रेमको संघर्ष देखाइएको छ ।
झगडापछिको मायामा परेका जोडीको प्रेममा बाधक हुने उनीहरूका अभिभावक तथा समाजसँगको पौठेजोरीमा यो चलचित्र अघि बढेको छ । फोटोग्राफीबाट निर्देशनमा हात हालेका रमेश बोगटीको पहिलो कामलाई दर्शकले रुचाउने कुरामा प्रस्तुतकर्ता एवं चलचित्रका कलाकार दिलकुमार प्यासी ढुक्क छन् । हिरालाल घलानले निर्माण गरेको यो चलचित्रमा दिव्य सुवेदी तथा नीरज कँडेलको छायांकन हेर्न पाइन्छ ।
निर्देशक : रमेश बोगटी
संगीत : महेश खड्का/ वसन्त सापकोटा
कलाकार : आयुष रेग्मी, सञ्जु सिलवाल, सरु घलान, हरिश तिमल्सिना, सुष्मा कार्की, रश्मि भट्ट, दिलकुमार प्यासी आदि ।




0 comments:
Post a Comment