धुर्मुस–सुन्तलीलाई नायिका रेखा थापाको १ लाख सहयोग

                                सुन्तली/रेखा थापा


काठमाडौं–गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस–सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् । धुर्मुस–सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस–सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् ।
आफ्ना थुप्रै फ्यानले धुर्मुस–सुन्तलीको काममा सहयोग गर्न आग्रह गरेकाले पनि गिरान्चौर निर्माणका लागि सकेको आर्थिक सहयोग गरेको उनको भनाई छ । गिरान्चौर एकीकृत बस्ती बनाउने अभियान कला जगत सबैको साझा अभियान भएकाले सकेको सहयोग गर्नु आफ्नो कर्तव्य भएको नायिका थापाले बताएकी छिन् ।
धुर्मुस–सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रसंशा बटुल्नका लागि अझै राम्रो काम गर्नका लागि समेत धुर्मुस–सुन्तली फाउण्डेशनलाई उनले शुभेच्छा प्रकट गरेकी छिन् ।
सहयोग रकम बुझ्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले रेखा थापाले गरेको सहयोग सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थनको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् । सामाजिक काममा लाग्न रेखा थापा फाउण्डेशनले गरेको सामाजिक कामले पनि आफूहरुलाई निकै प्रेरित गरेको उनले बताएकी छिन्

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects