सिर्जुको परेलिमा बस्न चाहने को ?


संगीतकार मोहन मगरले आफ्नै स्वरमा नयाँ गीत सार्वजनिक गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीहरुमाझ संगीतकार मगरले ‘तिम्रो परेलीमा’ गीतकाे भिडियोसहित सार्वजनिक गरेका हुन् ।

एमआर क्रियशनको प्रस्तुतिमा उनको स्वरमा बजारमा आउन लागेको ‘कर्ड’ एल्बममा समावेश गीतमा सुरेश कार्कीको शब्द तथा मगर स्वयंको संगीत रहेको छ । गीतमा रोशन बान्तवाले संगीत संयोजन गरेका छन् । रोहित बस्नेतले भिडियो निर्देशन गरेको रोमान्टिक शैलीको गीतमा जीवन र सिर्जुले अभिनय गरेका छन् ।

आठ वर्षदेखि संगीत कर्ममा आबद्ध मोहन मगरले सात दर्जनभन्दा बढी गीतमा संगीत भरिसकेका छन् । यसअघि सोही एल्बमको ‘मसँगै’ बोलको गीत सार्वजनिक गरिसकेका उनको संगीतमा रजिना रिमालले गाएको ‘चोखो माया’, जुनु रिजालले गाएको ‘हिजोसम्म सँगै थियौं, दीपक स्वप्निलले गाएको ‘पाउनैपर्छ भन्ने छैन’ लगायत गीत लोकप्रिय मानिन्छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects