पूर्वी चीनको जियानसु प्रान्तको राजधानी नानजिंगमा सुपरमार्केटबाट चिकेन डमस्टिक तथा अन्य खाद्यान्न चोरी गर्ने एक महिला अहिले चर्चामा छिन् । बालदिवसका दिन उनले आफ्नी छोरीका लागि यि खाद्यान्न चोरी गरेकी थिइन् । बुधबार चोरी गरेपछि उनी प्रहरी हिरासतमा पुगिन् । तर, जब यो समाचार बाहिर आयो ति महिलाले उल्टै सर्वसाधारणको मन जितेकी छिन् । अहिले उनलाई सहयोग गर्न थुप्रै सर्वसाधारणहरुले हात अघि बढाएका छन् ।
किन गरिन् चोरी
यस घटनालाई बाल दिवसका अवसरमा घटेको सबैभन्दा दुःखद घटनाका रुपमा चित्रण गरिएको छ । पूर्वी चीनको सान्दोंग प्रान्त बस्ने लिउ दुइ जुम्ल्याहा छोरीकी आमा हुन् । उनका दुई छोरी किड्नीको समस्याबाट ग्रसित छन् ।
श्रीमान्ले घर छाडेपछि उनी दुई छोरीसागै गाउँमा खेतिपाती गरेर बसेकी थिइन् । तर दुई छोरीमध्ये एकको अवस्था निकै जटिल भएपछि उनले उपचारका लागि नानजिंग ल्याइन् ।
उनी त्यसयता, अस्पतालको कक्षमा दुई स्क्वायर मिटरको कोठा भाडामा लिएर बसेकी थिइन् । छोरीको थेरापी हुदैँ थियो ।
मे ३१ मा प्रहरीले उनले सुपरमार्केटबाट कुखुराको लेग पिस चोरी गरेको भिडियो भेटियो । त्यसपछि खोजी गर्दा उनीबाट प्रहरीले गहुँ तथा बालबालिकाको पाठ्यपुस्तक समेत फेला पार्यो ।
यता छोरीको मेडिकल रिर्पोटबाट उनको स्वास्थ्य खराब रहेको पुष्टि भयो ।
छोरीको उपचार गराउनका लागि उनलाई समस्या छ किनकी उनी आफन्तहरुसँग ऋण गरेर केवल ३ हजार युआन लिएर नानजिंग आएकी थिइन् ।
उपचारका क्रममा पैसा सकिएपछि सुपरमार्केट पुग्दा उनीसँग केवल ५ युआनमात्रै बाँकी थियो । सूरुआतमा बदाम लगायत सामाग्री किन्न सुपरमार्केट छिरेकी लिउ कुखुरो लेग पिस देखेपछि आर्कषित भईन् । तर, लेग पिस किन्ने उनीसँग पर्याप्त पैसा थिएन ।
अन्तत : बिरामी छोरीलाई मिठो खुवाउन उनले चोरी गरिन् । उनले बालपुस्तक समेत चोरेर छोरीलाई खुसी पार्न चाहिन् । प्रहरीले पक्राउ गरेपछि भने उनले पश्चाताप लागेको बताइन् ।
लिउको कथा चीनियाँ सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि अहिले उनलाई सहयोग गर्नेहरुको हात अघि बढेको छ ।
उनका लागि ३ लाख युआन सहयोग आइसकेको छ । यो रकमले उनले छोरीको उपचार सजिलै गर्न सक्छिन् । उनले थप सहयोग आवश्यक नरहेको भन्दै सहयोगीहरुलाई धन्यवाद् दिएकी छिन् ।



0 comments:
Post a Comment