काठमाडौं – राजा विरेन्द्र शाहको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको आज १५ बर्ष पुरा भएको छ ।
तत्कालीन राजा बिरेन्द्र हुँदा वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र भएको गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप हुनेगरि उनको परिवारका सबै सदस्यहरुको गोली हानी मारिएका थिए ।
जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो ।
घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो । दिपेन्द्रले उनकी प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिदा आवेगमा आएर उनले नै सो काण्ड मचाएको र आफ्नो वंश विनाश गरेको भनिदै आएको छ ।
तर पनि यसलाई नेपाली जनताले पत्याउन सकेका छैनन ।
त्यसपछि राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।
हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १५ वर्ष वित्दासम्म पनि हत्याकाण्डको वास्तविक तथ्य अझै बाहिर आउन सकेको छैन ।





0 comments:
Post a Comment