किन बन्दैन नेपाल शीर्षकको कभर स्टोरी दामी लाग्यो (फ्रन्टपेज : किन बन्दैन नेपाल) । देश नबन्नुमा सबैको भूमिका रहन्छ । कुनै व्यक्ति वा पक्षको मात्र दोष हुँदैन ।
अनिल पौडेल
यो त समाजको ठूलो यर्थात् हो (युवा मन : इगो) । मलाई सुबिन जीको लेख मनपर्यो ।
सम्झना पन्त
यसरी कलाकार पलायन हुनु राम्रो होइन (मनोरन्जन : गुडबाइ नन्दिता) । कलाकार देशका गहना हुन् । स्वदेशमै बस्ने वातावरण हुनु आवश्यक छ ।
स्रिमन भट्टराई
सर्पसँग खेल्ने प्रेम विष्टको कथा रोचक छ (जीवनशैली : सर्पसँग खेल्ने प्रेम विष्टको कहानी) । एउटा
विषालु सर्पबाट १० हजार मानिसको ज्यान जोगाउन सकिन्छ भन्ने जानकारी पाउँदा अचम्म लाग्यो ।
रोहित सुब्बा
यी टिप्सहरू उपयोगी लागे (खानपिन र स्वास्थ्य राम्रो कसरी बनाउने) । स्वास्थ्यसँग सम्बन्धित टिप्सहरू नियमित रूपमा पढ्न पाइयोस् ।
राज ढुंगाना
यो समाचार रोचक लाग्यो (परिकार चखाउँदै सहयोग) । एकातिर सहयोग, अर्कोतिर मनोरन्जन पनि ।
विमला राई
तपाईंले पनि सपनामै लेख्नु भएको होला (गजुरियल विश्लेषण : सप्तकोसीमा पानीजहाज) केपी ओलीलाई यति व्यंग्य हान्नु ठीक नहोला । किनभने उहाँले जे बोल्नुभयो त्यो सम्भव छ । तपाईं जस्तै खुट्टा तान्नेहरूले गर्दा काम बिग्रन्छ ।



0 comments:
Post a Comment