फिटनेसमा अल्छी गर्छिन्

दिक्पाल कार्की (नायक) बाट मञ्जिता केसी (नायिका)

क्रिकेट खेलमा आधारित चलचित्र ‘च्याम्पियन’का नायक तथा नायिका हुन्, दिक्पाल र मञ्जिता । यी दुईको पहिलो भेट उक्त चलचित्रको स्क्रिप्ट सुन्ने बेला भएको थियो । चलचित्र ‘च्याम्पियन’को छायांकनका क्रममा यी दुई असल मित्र भए । क्यामेरा सामु रोमान्टिक अभिनय गरे पनि उनीहरू रियल लाइफमा आफूहरूबीच मित्रताको नाता भएको बताउँछन् । नायक दिक्पालले साप्ताहिकका लागि आफ्नी रिल लाइफ प्रेमीका मञ्जिताको कुरा यसरी काटे :

असल बाइट्स

आत्मविश्वासी : जुनसुकै काम गर्न सक्ने आँटसहितको उनको आत्मविश्वास देखेर म कायल छु ।

परिश्रमी : उनी मेहनती छिन्, कामलाई सहज ढंगबाट लिन्छिन् ।

असल मित्र : मेरा केही महिला मित्रमध्ये उनलाई असल मित्रका रूपमा पाएको छु । उनलाई मित्रता गर्न मात्र होइन, मित्रता निर्वाह गर्न पनि आउँछ ।

प्रतिभाशाली : उनको कुशल नृत्य, स्वाभाविक अभिनय एवं सुन्दरता देख्दा लाग्छ– उनी चलचित्रमा नायिका हुनकै लागि जन्मिएकी हुन् ।

छिटो सिक्ने : निर्देशकले सिकाएको कुरा छिट्टै टिप्न सक्ने उनको खुबी निकै मनपर्छ ।

खराब बाइट्स

व्यायाम छैन : फिटनेसमा ध्यान दिने कुरामा केही अल्छी गर्छिन् ।

समय मिलाउन नजान्ने : चलचित्र बाहेक पनि उनी मोडलिङ आदिमा व्यस्त छिन्, तर समयको व्यवस्थापन गर्न नजान्दा कहिलेकाहीँ झमेलामा पर्छिन् ।

बढी बोल्ने : फ्रेन्ड्ली छिन्, उनी आवश्यकताभन्दा बढी बोल्छिन् ।

मिडियाको हाउगुजी : मिडियालाई अन्तर्वार्ता दिँदा उनी नर्भस हुन्छिन् । सकेसम्म अन्तर्वार्ता दिनु नपरे हुन्थ्यो जस्तो गर्छिन् ।

सोसियल साइटमा जेपिटी : सोसियल साइटमा एक्टिभ हुनुराम्रो हो, तर अब नायिका भएपछि जेपिटी अर्थात् जे पायो त्यही अपलोड गर्न सुहाउँदैन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects