तपाईंका थुप्रै गोप्य कुरा खोलिदिन्छ तपाईंकै औंलाले, थाहा पाऔं कसरी

भनिन्छ, तपाईंको शरिरको हरेक अंगमा तपाईंको ‘राज’ अर्थात गोप्य कुरा लुकेको हुन्छ । यस्तैमा हातको औंलामा यस्ता थुप्रै गोप्य कुराहरु हुन्छन् जसले तपाईंको व्यक्तित्व वर्णन गर्दछ । तपाईंको औंलाको लम्बाई हेरेर तपाईंको व्यवहार कस्तो हुन्छ त्यो पत्ता लगाउन सकिन्छ ।

जो मानिसहरुको साहिँली औंला (रिंग फिंगर)को लम्बाई चोर औंला (इन्डेक्स फिंगर) भन्दा लामो छ भने त्यस्ता मानिसहरु हेर्दा आकर्षक देखिन्छन् तर उनीहरु निकै रिसाहा स्वभावका हुन्छन् । यस्ता मानिसहरु जोखिम उठाउन हिच्किचाउँदैनन् ।

यस्तै, जो मानिसको साहिँली औंला चोर औंला भन्दा सानो छ, उनीहरु निकै आत्मविश्वासी हुन्छन् । यसका साथै, उनीहरुलाई आकर्षको केन्द्र बन्न निकै राम्रो लाग्छ । उनीहरुलाई मानिसहरुले आफ्नो सधैं तारिफ गरिरहुन् भन्ने लाग्छ ।

त्यस्तैगरी, जो मानिसको साहिँली औंला र चोर औंलाको लम्बाई उस्तै हुन्छ, त्यस्ता मानिसहरु शान्तिप्रिय हुन्छन । कुनै कुरामा संलग्न हुनु अथवा झगडाको हिस्सा बन्नु उनीहरुलाई असहज लाग्छ ।

यदि माझी औंलाको पहिलो भाग चेप्टो छ भने त्यस्तो मानिसहरु कला क्षेत्रमा निकै सफल हुने गर्दछन् ।

कान्छी औंलालाई बुधको औंला भनिन्छ । यो औंलाको राम्रो–नराम्रो अवस्थाबाट व्यक्तिको बुद्धि र कला आदिबारे जानकारी पाउन सकिन्छ ।

यदि कोही मानिसको साहिँली औंला माझी औंलाभन्दा लामो छ भने त्यस्ता व्यक्तिहरु जोखिम उठाउने खालका हुन्छन् । यदि यो चोर औंला बराबर छ भने त्यस्ता व्यक्तिलाई मान–सम्मान र धन कमाउने ठूलो इच्छा हुन्छ ।

माझी औंलालाई शनिको औंला भनिन्छ । यदि यो औंला चुच्चो छ भने त्यस्ता व्यक्तिहरु अल्छी हुन्छन् । यदि औंलाको सबैभन्दा माथिल्लो भाग चम्किलो छ भने त्यस्ता व्यक्तिहरु राम्रो वक्ता र प्रभावशाली हुने गर्दछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects