(एजेन्सी) ताईवानको म्याक डोनाल्डमा काम गर्ने एक युवती यतिबेला निकै
चर्चित बनेकी छिन् । कारण बनेको छ उनको सुन्दरता । उनको अनुहार गुडियाको
जस्तै छ । उनलाई हेर्न रेस्टुरेन्ट बाहिर थुप्रैको भीड लाग्ने गरेको छ ।
विई विईको एक झलक पाउन पनि मानिसहरु निकै लामो यात्रा तय गरेर आउने
गरेका छन् । त्यसैले उनलाई यतिबेला धेरैले म्याकडोनाल्डकी देवी भनेर अघोषित
नाम नै दिएका छन् । विई विई फास्ट फुडमा भेला हुने गञहकका लागि
चासोको विषय बनेकी छिन् । ताइपेइ शहरमा रहेको यस रेस्टुरेण्टमा आजकल
धेरैको घँुइचो लाग्नुको पछाडी विई विई प्रमुख कारण रहेको रेस्टुरेन्ट
मालिकको भनाई छ ।
आफ्नो पढाई समेत पुरा नगरेकी विई विईले अहिलेसम्म फेसबुकमा १ लाख ५०
हजारको हाराहारीमा लाईक पाइसकी छिन् ।
विई विईलाई देखेर सुरुआतदेखी नै ग्राहकहरु छक्क पर्ने गरेका थिए । यसैबीच एक
ग्राहकले उनको फोटो खिचेर आफ्नो ब्लगमा राखे । त्यसपछि उनको
लोकप्रियता बढ्न थाल्यो । उनले थुप्रै उपनाम पाउन थालिन् । आफ्नो कलेजमा
अध्ययन गर्दै गरेकी विई विई पछिल्लो ५ वर्षदेखी यस रेस्टुरेन्टमा पार्टटाइम
काम गर्छिन् ।
मानिसहरुले भेट्ने बित्तिकै क्यामेरा तेस्र्याउन थालेपछि आजकल विई विई पनि
धेरैसँग घुलमिल हुन थालेकी छिन् । उनी ग्राहकले गर्ने व्यवहारलाई सामान्य
लिन्छिन् । विई विई सामाजिक संजालमा स्टार बन्दै गएपछि उनका मालिक
भने हैरान भएका छन् । ग्राहकहरु उनीसँग फोटो खिच्न आउन थालेपछि काउन्टर
अस्तव्यस्त बनेको भन्दै मालिक रुस्ट भएका हुन् ।
काउन्टरमा उनी नभएको समय ग्राहकले केही नखाई फर्कने गरेको गुनासो पनि
मालिकले गर्ने गरेका छन् । उनको इन्टरनेटमा बढ्दो ख्याति देखेर केही गेम शोमा
उनलाई निमन्त्रणा समेत आइसकेको छ ।



0 comments:
Post a Comment