शरदसँग 'ब्रेकअप' भको पनि छैन् र पलायन भको पनि हैन् : निशा अधिकारी

असोजको दोस्रो साता नेपाल आउने
अभिनेत्री निशा अधिकारी अमेरिका हानिएपछि नेपाली फिल्म वृत्तमा
उनको बारेमा विभिन्न अड्कलहरु काटिए। कतिले उनी अरु कलाकारजस्तै
अमेरिका भासिएको बताए त कतिले आफ्ना प्रेमी एवम् नेपाली राष्ट्रिय
टोलीका क्रिकेटर शरद भेषवाकरसँग 'ब्रेकअप' भएकाले पीडा भुलाउन नेपाल
छाडेको भने। यस्तै हल्लाकाबीच निशाले आफ्नो केश मुण्डन गराएपछि उनी
फेरि मिडियामा छाइन्। निशाले किन कपाल खौरिइन? भन्ने अर्को प्रश्न
जन्मयो। पछि निशाले कपाल दान गरेको भन्दै रहस्य खोलिदिइन्। निशा झण्डै
साढे दुई महिनादेखि अमेरिका छिन्।
धेरैले अझै पनि उनी अमेरिका पलायन भएको शंका गरिरहेका छन्। ती शंकाहरु
उनको फेसबुकको इनवक्स सम्म पुगेका छन्। आइतबार एक स्टाटस लेख्दै निशाले
आफू अमेरिकामा नहराउने र शरदसँग ब्रेकअप नभएको संकेत गर्दै असोजको दोस्रो
सातासम्म नेपाल आइपुग्ने जनाएकी छन्। निशाले ती हल्लाहरुलाई सम्बोधन गर्दै
फेसबुकमा यस्तो स्टाटस लेखेकी छन्:
इनवक्स पनि प्रश्नहरुले भरिएको हुँदा उत्तरहरु :
१)पलायन भएको होइन्: सेप्टेम्बरको अन्तिममा नेपाल आउँदै छु
२) मुभि खेल्न छोडेको अथवा मुभिको प्रस्ताव नआएर गुमनाम भएको पनि
होइन। आउने बित्तिकै लुटेरा को गाना र अर्को दुई वटा मुभि को शूटिङ् गर्ने
तयारीमा छु। 'लुटेरा'को प्रचार प्रसार मा लाग्नेछु। 'हाउ फन्नी'को काम पनि
बाँकी छ।
३) यता बस्ने विचार अहिलेलाई छैन, र कुनै पेपरको लागि 'एप्लाई' गर्ने विचार
पनि थिएन। दादासँग समय बिताउन र धेरैपछि छुट्टी लिएकी मात्र हुँ।
एउटा नेपाली कलाकार विदेश आउँदैमा
१) ब्रेकअप नै हुनुपर्छ भन्ने छैन्।
२) पलायन नै हुनु पर्छ भन्ने पनि छैन।
यदि पलायन भन्ने शब्द नकरात्मक रूपमा प्रायोग हुन्छ भने कुनै पनि नेपाली
अथवा नेपाली कलाकार माथि यो शब्द प्रयोग गर्न मिल्छ जस्तो लाग्दैन। मैले
मेरो विदेश भ्रमणमा कुनै पनि यस्तो नेपाली अथवा नेपाली कलाकार भेटेको
छैन जसको मनमा नेपाल प्रति माया नहोस्, जसलाई नेपालको चासो नहोस्,
नेपालको वातावरण सप्रिएको खण्डमा नेपाल मै आएर काम गर्ने चाह नहोस्।
सबैको कथा उस्तै हो, स्टुडेन्टस देखि, संचारकर्मी, राजनीतिज्ञ र युवाहरु दैनिक
रूपमा बाहिरिनुमा सबैको दु:ख एउटै हो। त्यसैले कलाकारलाई मात्र औंला
उठाएर नैतिक अपराध गरेको जस्तो खेद गर्न मिल्छ जस्तो मलाई लाग्दैन। नेपाल
फर्केर नेपालमै केहि गर्छु भनेर फर्किने नेपाली र नेपाली कलाकारको कमी पनि
छैन।
मैले नेपाल मै कमाएको पैसाले आफ्नो इच्छाहरु पुरा गर्न सक्छु, छुट्टीको लागि
विश्वको जुनसुकै कुनामा जान सक्छु र सामाजिक कार्यमा पनि हात हाल्न
सक्छु। मलाई परिवार पाल्नु पर्ने जिम्मेवारी छैन, बिहे पनि भको छैन। त्यसैले
विदेश जाँदैमा परिवारको सहयोग लिनु पर्ने अवस्था छैन। त्यसैले जहिले पनि
नेपाली कलाकार माया लाग्दा छन, कमाइ हुँदैन भन्ने कुरा म मान्दिन।
मिहिनेत पनि उत्तिकै गर्नु पर्छ तर पारिश्रमिक पनि राम्रै छ। तर परिवार हुने
बित्तिकै र बच्चा हुने बित्तिकै भविष्यको बारेमा सोच्नु र त्यही अनुरूप कदम
चाल्नु स्वभाविक हो।
३) काम नपाएको हुनुपर्छ भन्ने छैन्। मिडियामा अभिनय लगायत टन्न अरुपनी
श्रृजनात्मक कामहरु गर्न सकिन्छ।
त्यसैले सबैजनालाई अनुरोध। श्रोत नखुलाएको अथवा अन्तर्वातामा भनिएका
कुरा बाहेक, अरु समाचारको पछि लाग्नु समय बर्बाद गर्नु मात्र हो। कुनै प्रश्न
भए कम्मेन्ट गर्नुहोला, उत्तर दिनेछु।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects