Second Menu

जगलर क्रेज

कसैले बलेको बोतल हावामा फनफनी नचाउँदा हेर्नेलाई रमाइलो लाग्न सक्छ
। त्यही समयमा त्यसरी बोतल नचाउनेले कलात्मक तरिकाले हावामै बोतल घुमाउँदै
ग्लासमा रक्सी पस्कियो भने के होला ? यस्तो दृश्यको कल्पना मात्र गर्न सकिन्छ ।
तपाईं के पिउनुहुन्छ ? ककटेल वा मोकटेल, अहिले विभिन्न पार्टी, बार तथा लाउञ्जमा
यसरी कला देखाउँदै जगलरहरू मदिरा पारखीहरूको मन जित्न थालेका छन् ।
जगलरहरूको यस्तो पेसामा नाम, दामका साथै रमाइलो पनि छ । त्यसैले अहिलेका युवाहरू
जगलर बन्न लालायित छन् । शंखमूलका २० वर्षीय टीकराज दनुवार पनि आफ्नो चाहना
पूरा गर्न यतिबेला जगलरको पेशामा रमाउन थालेका छन् । दनुवार भन्छन्- एउटा राम्रो
जगलर बन्न चाहन्छु ।
बोतल नचाउँदै युवापुस्ता
भुइँ तथा भित्तामा खसेर वा ठोक्किएर नफुटोस् भनेर बोतललाई स्पन्जले मोडिएको हुन्छ ।
बन्द कोठामा दर्जनौं युवा हात-हातमा त्यस्ता बोतल उफारिरहेका छन् । उनीहरूको
सिक्ने क्रम जारी छ २२ वर्षीय तेजबहादुर पुन एउटा राम्रो जगलर बन्न चाहन्छन् । त्यसैले
उनी हरेक दिन शंखमुलस्थित काठमाडौं फ्लेयर बारटेन्डिङ एकेडेमीमा बोतलसँग खेलिरहेका
हुन्छन् पाटनका २१ वर्षीय कुमार थापा पनि एक महिनादेखि बेसिक बारटेन्डिङ कोर्स
गरिरहेका छन् । कान्तिपुर इन्टरनेसनल कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत थापा
अभ्यासका लागि त्यहाँ पुग्छन् । त्यहाँ अहिले अध्ययनसँगै बारटेन्डिङ सिक्नेहरूको भीड नै
लाग्ने गरेको छ । अहिले प्रशस्तै युवा बारटेन्डिङ सिकिरहेका छन् । यस्ता इन्स्िटच्युटहरूमा
फ्लेयर बारटेन्डिङ, मिक्सोलोजी तथा फुड एन्ड वेभरेजको बेसिक एवं डिप्लोमा कोर्सहरू
अध्यापन गराइन्छ ।
फ्लेयरिङ जगलर
बारटेन्डर जसले मदिराजन्य पेयपदार्थलाई कलात्मक तरिकाले पस्किने काम गर्छ ।
साधारणत: उनीहरूलाई बारम्यान वा मिक्सोलोजिस्ट भनिन्छ । उनीहरू विभिन्न
फ्लेवरका ककटेल बनाउन पोख्त हुन्छ । यसलाई युवापुस्ताले अध्ययनका लागि खर्च जोहो
गर्न दोस्रो पेसाका रूपमा अँगाल्ने गरेका छन् । बारटेन्डरले ग्राहकको आवश्यकता उमेर हेरेर
मदिरा छनौट गर्न सक्छन् ।
बारटेन्डिङका दुईवटा पाटा हुन्छन् । पहिलो फ्लेयर बारटेन्डिङ, जसमा एक्जीविसन
शोम्यानसिप हुन्छ भने दोस्रो मिक्सोलोजी हो । फ्लेयरिङलाई जगलिङ पनि भनिन्छ ।
यस्तो काम गर्नेलाई जगलर भनिन्छ । विभिन्न पार्टीमा जगलरले आफ्नो कला प्रस्तुत
गर्छन् । एउटा जगलरले फ्लेयरिङसँगै मिक्सोलोजी पनि जान्नु आवश्यक हुन्छ ।
बारटेन्डिङको सुरुवात
नेपालमा सन् २००५ बाट बारटेन्डिङको काम प्रारम्भ भएको हो । ठमेलको जेबारबाट
यसको सुरुवात भएको बताइन्छ । मन्दीप ग्रेवाल तथा अश्विनी राणाले यसको सुरुवात
गरेका हुन् । नेपालमा अहिले चारवटा सिकाउने बारटेन्डिङ इन्स्टिच्युट सञ्चालनमा छन् ।
काठमाडौं फ्लेयर बारटेन्डिङ एकेडेमी, शंखमूल, ककटेल एन्ड डि्रंक, थापागाउँ, नेपाल फ्लेयर
बारटेन्डर इन्स्टिच्युट, सामाखुसी तथा एलाकार्ट होटल ट्रेनिङ बानेश्वरले बारटेन्डिङको
तालिम दिने गरेका छन् । यो पेसाप्रतिको आकर्षण एवं माग अहिले नेपालका सहरहरूमा
पनि बढेको मन्दीप बताउँछन् ।
मुख्यत: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले बारटेन्डिङको
तालिम लिने गरेका छन् । विदेशमा नेपाली विद्यार्थीले सामान्यत: वेटर, कार वासिङ
तथा पेट्रोलपम्पमा काम पाउँछन्, तर बारटेन्डरको काम गर्न पाए । राम्रो आम्दानी गर्न
सकिने भएकाले यसतर्फ उनीहरूको आकर्षण बढेको हो । युरोपियन देशमा यस्ता बारटेन्डरहरू
प्राथमिकतामा पर्छन् ।
मन्दीप ग्रेवाल
काठमाडौं फ्लेयर बारटेन्डिङ एकेडेमी
बारटेन्डिङ के हो ?
यो मदिरा पस्किने कला हो । यसमा मिक्सोलोजी फ्लेयर बारटेन्डिङ पर्छ । फ्लेयर
प्रदर्शन गर्ने मानिसलाई जगलर भनिन्छ
यो पेसामा किन युवापुस्ताको चाहना बढेको हो ?
यो अहिलेको फेसन पनि हो यसले अरूको ध्यान आफूतिर खिच्न मदत गर्छ सबैले चिन्छन्
लोकप्रियता पनि कमाउन सकिन्छ
यसको महत्व ?
नाम, दाम रमाइलो एकैपटक प्राप्त हुने भएकाले यसको महत्त्व बढेको छ मुख्यत: अध्ययनका
लागि विदेश जाने विद्यार्थीले आयस्रोतका लागि यसलाई रोज्ने गरेका छन

No comments:

Post a Comment